Home News नायिका पुजा शर्माले गरिन केकेएफसीको उद्घाटन

नायिका पुजा शर्माले गरिन केकेएफसीको उद्घाटन

by Movie Club Nepal

बुटवलमा केकेएफसी रेस्टुरेण्ट सञ्चालनमा आएको छ । यसअघि काठमाण्डौंमा मात्र रहेको केकेएफसीको उपत्यका बाहिरको यो पहिलो फेन्चाइचाइज रहेको सञ्चालकले बताएका छन् । बुटवल–११ कालिकानगरमा सञ्चालनमा आएको क्याफेको शुक्रबार नायिका पूूजा शर्माले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उनले काठमान्डौबाहिर यस्तो प्रकारको क्याफे खोलिनुले उपभोक्ताको रुचि बढाएको कुरालाई जोड दिइन । नायिका शर्माले रोबोटले खानाको अर्डर लिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने कुराले उपभोक्ताको ध्यान खिच्ने बिचार राखिन ।

काठमाण्डौंमा ५ स्थानमा सञ्चालनमा आएको केकेएफसीको फ्रेन्चाइज बुटवलका दुई युवाले ल्याएका हुन् । ४ करोड लगानी रहेको क्याफेमा बुटवलबासीको उत्साहजनक सहभागिता रहनेमा आशावादी रहेको सञ्चालक विकास हमालले बताए । क्याफेमा रोबोट मानव यन्त्रले सेवा प्रदान गर्ने सञ्चालक कृष्ण प्रधानले बताए । केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ ।
ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याएको हो ।
केकेएफसी यस्तो रेष्टुरेन्ट हो जहाँ रोबोटले खानाको अर्डर लिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने व्यवस्था गरिएको छ ।

Related Posts

Leave a Comment