Home News ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर रिलिज (भिडियो)

‘म यस्तो गीत गाउँछु २’ ट्रेलर रिलिज (भिडियो)

by Movie Club Nepal

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलर बलिउड फिल्म ‘आशिकी’ फ्लेवरको छ ।

अभिनेता पल शाह फिल्ममा पनि पलको भूमिकामा प्रस्तुत छन् । उनी एक चर्चित गायक हुन्छन् । अभिनेत्री पूजा शर्मा उर्फ छाँया भने पलको गायनको फ्यान हुन्छिन् । उनी पनि गायन क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छिन् । यसै क्रममा पल र पूजाको भेट हुन्छ र पूजालाई ठूलो गायिका बनाउन पलले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने फिल्म पण्डितले अनुमान गरेका छन् । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ । त्यसमाथि निर्देशक सुदर्शन थापाको एक्सन-कट रहेका कारण फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ ।

 

Related Posts

Leave a Comment