Home Videos मनिष ढकालको “बटौली” बोलको गीत सार्वजनिक

मनिष ढकालको “बटौली” बोलको गीत सार्वजनिक

by Movie Club Nepal

मनिष ढकालको  “बटौली” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । हर्क साउदको शब्द रहेको उक्त गीतमा एस.डि. योगीको संगीत रहेको छ भने रिकेश गुरुङको एरेंज रहेको छ । आफ्नी मायालुलाई उहार ल्याएको कुरा गरिएको उक्त गीतमा मायालुलाई भेट्न हिडेर आएकाले ज्यान दुखेको कुरा गरिएको छ ।

विपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनाङ लाउती , मनिष ढकाल , हर्क साउद , सजन सुवेदी लगायतको अभिनय रहेको उक्त गीतको भिडियो बबिन दुलालले छायांकन गरेका हुन् । फरक शैलीमा रहेको उक्त गीतको भिडियोमा विपिन कार्कीलाई आफ्नी मायालुसँग माया साट्टदै र मायालुलाई आफ्नो साथ ल्याउदै देख्न सकिन्छ । नविन चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुनिल पौडेलले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=FFwUWDQamD0

Related Posts

Leave a Comment