Home News गतवर्ष रजतपटमा भित्रिएका नायिकाहरु

गतवर्ष रजतपटमा भित्रिएका नायिकाहरु

by Movie Club Nepal

रजतपटमा गतवर्ष करिब २ दर्जन नायिकाहरुको आगमन भएको थियो । उनीहरु मध्ये कोहीलाई सम्भावना देखिएका नायिकाको रुपमा हेरिएको थियो । कतिपयको लागि रजतपटको पर्दापण ‘हिरोइन बन्ने रहर’ पूरा गरेका मात्र बुझ्न गाह्रो रहेन ।

नवनायिकाहरुमा फिल्म ‘ए मेरो हजुर ३’ मार्फत नेपाली रजतपटमा प्रवेश गरेकी सुहाना थापा, फिल्म ‘क्याप्टेन’बाट रजतपटमा भित्रिएकी उपासना सिंह ठकुरी, फिल्म ‘यात्रा’बाट रजतपटमा भित्रिएकी मलिका महत, फिल्म ‘क्याप्टेन’बाट भित्रिएकी प्रियंका एमभि, फिल्म ‘द ब्रेकअप’बाट रजतपटमा भित्रिएकी शिल्पा मास्के, फिल्म ‘जानी नजानी’बाट रजतपटमा भित्रिएकी निरिशा बस्नेत, फिल्म ‘रणवीर’बाट रजतपटमा भित्रिएका नायिकाद्वय सुपुष्पा भट्ट र सुवेक्षा खड्का, फिल्म ‘ड्रिम गर्ल’बाट रजतपटमा भित्रिएकी आश्मा गिरी र फिल्म ‘समर लभ’बाट रजतपटमा भित्रिएकी रेवती क्षेत्रीलाई सम्भावना बोकेका नायिकाहरुको रुपमा हेरिएको थियो ।

नायिका शिल्पा मास्के अभिनित ‘द ब्रेकअप’ पछि ‘कागजपत्र’ र ‘सानो मन’ प्रदर्शनमा आइसके । नेपाली फिल्म क्षेत्रको वेथितिको बारेमा खुलेर बोल्ने शिल्पालाई फिल्म छान्न चाँही चुकेको आरोप लाग्दै आएको छ । उनले आगामी दिनमा नयाँ फिल्ममा काम गर्दा राम्रो फिल्म छान्ने अपेक्षा गर्न सकिन्छ । फिल्म ‘क्याप्टेन’बाट रजतपटमा भित्रिएकी उपासना सिंह ठकुरी अभिनित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म ‘रणवीर’बाट रजतपटमा भित्रिएका नायिकाद्वय सुपुष्पा भट्ट अभिनित फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेबाट प्रदर्शनमा आउँदै छ । ‘रणवीर’बाटै रजतपट प्रवेश गरेकी नायिका सुवेक्षा खड्का हाल टेलिभिजन रियालिटी शोमा व्यस्त छिन् ।

मालिका महत, आश्मा गिरी, प्रियंका एमभि, निरिशा वस्नेत, रेवती क्षेत्री लगायतका नायिकाहरुको नयाँ फिल्ममा अनबन्ध भएको खबर आएको छैन । डेब्यू गर्ने तय भए देखि नै समाचारको हेडलाइन बनेकी नायिका सुहाना थापाको भने आगामी प्रोजेक्टको रुपमा फिल्म ‘भागवत गीता’ वा ‘ए मेरो हजुर ४’ के हुने भन्ने तय भइसकेको छैन ।

गत वर्ष रजतपटमा डेब्यू गरेका अन्य नायिकाहरुमा फिल्म ‘मालिका’बाट कमला वली, ‘गरुड पुराण’बाट प्रियंका सिंह ठकुरी, ‘सय कडा दश’बाट करुणा श्रेष्ठ, ‘अनुराग’बाट एलिजा गौतम, ‘शुभलभ’बाट कृष्टिन पौडेल, ‘हैरान’बाट आरोही शर्मा, ‘कहिँ कतै’बाट शिवानी गिरी, ‘छिरिङ्ग’बाट कामना भुजेलको प्रवेश भएको थियो । तर, यी नायिकाहरु पनि खासै चल्न सकेका थिएनन् । यसवर्षको आधा समय भेट्दा सम्म पनि नयाँ फिल्ममा अभिनय गर्दै पुनः पर्दामा फर्किने सम्भावना पनि कम रहेको छ । अधा वर्षमा नै रजतपटको फिल्मको रिलिज क्यालेण्डर लगभग तय भइसकेको हुन्छ । फिल्म क्षेत्रमा प्रवेश गर्नु मात्रै ठूलो कुरा होइन । तर, फिल्म क्षेत्रमा लामो यात्रा गर्नु विशेष कुरा हो । त्यसैले गतवर्ष भित्रिएका अधिकांश नयाँ अनुहारहरु असफल भएको मान्न सकिन्छ ।

फिल्मी फण्डा

Related Posts

Leave a Comment