Home Videos कमलको “तिम्रो मायाको रङ्ग” गीत सार्वजनिक

कमलको “तिम्रो मायाको रङ्ग” गीत सार्वजनिक

by Movie Club Nepal

लोकप्रिय गायक कमल खत्रीको “तिम्रो मायाको रङ्ग” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई बसन्त थापाको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । गायक कमल खत्रीको नै शब्द तथा संगीत रहेको उक्त गीतमा रिकेश गुरुङको एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफु आफ्नो मायालुको मायामा हराएको कुरा गरिएको छ ।

सुवइ तामाङ र सदिक्षा तिमल्सिनाको अभिनय रहेको उक्त गीतको भिडियो दीपक बोम्जनले छायांकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । गीतको भिडियोलाई दीपक बोम्जनले नै निर्देशन तथा सम्पादन गरेका हुन् ।

Related Posts

Leave a Comment