Home Videos ‘पासवर्ड’ को ट्रेलर यस्तो छ

‘पासवर्ड’ को ट्रेलर यस्तो छ

by Movie Club Nepal

बलिउड अभिनेत्री सन्नी लियोनीका कारण चर्चामा रहेको ‘पासवर्ड’ को ट्रेलर रिलिज भएको । अपराधिक कथा बोकेको फिल्मको ट्रेलरमा प्रोडक्सन भ्यालु देखिन्छ । धेरै जस्तो छायाँकन लण्डनमा गरिएको फिल्म भदौ २७ गते रिलिज हुँदैछ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । एक्सन फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

एक आइटम नृत्य पस्केकी सन्नीको फिल्ममा केहि सिन अभिनय रहेको निर्माण पक्षले दावी गर्दै आइरहेको छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् ।

अंकित गौतमको कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के।आर थापाको सह(लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन्

https://www.youtube.com/watch?v=YhLZUCtn7Ls

Related Posts

Leave a Comment