Home Videos फिल्म ‘मारुनी’ लाई ‘साहो’ को प्रेसर

फिल्म ‘मारुनी’ लाई ‘साहो’ को प्रेसर

by Movie Club Nepal

भदौ १३ गते पुष्प खड्का तथा साम्राज्ञी आर एल शाह स्टारर फिल्म मारुनी प्रदर्शनमा आउदै छ । सोहि मितिमा हिन्दी फिल्म साहो पनि प्रदर्शन हुदै छ । पुष्प रास्ट्रीय अवार्ड बिजेता कलाकार हुन् भने साम्राज्ञी एक्लैको स्टार्डमले फिल्म चल्ने चर्चा फिल्मीवृत्तमा चल्ने गर्छ । फिल्म निर्देशक नवल नेपाल एक अब्बल निर्देशकको रुपमा चिनिने गर्छन् । उनका लगभग सबै फिल्म सफल छन् । तर अब भने फिल्म निर्माण टिम र कलाकारको सहि मानेमा परिक्षा हुने देखिएको छ । दक्षिण भारतीय फिल्मका बाहुबली फेम्ड एक्टर प्रभास साहो मार्फत बलिउड फिल्ममा देखिदै छन् भने उनको साथमा श्रद्धा कपुर रहेकी छन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।

– मेराेफिल्म

Related Posts

Leave a Comment