Home News मालिका बनिन् क्रिकेट टिमको मालिक

मालिका बनिन् क्रिकेट टिमको मालिक

by Movie Club Nepal

नेपाली सिनेमा क्षेत्रमा कुनै समय नम्बर वान नायिकाको उपाधी पाएकी रेखा थापा फिल्म निर्माण , निर्देशन र राजनितीमा समेत होमिएकी नायिका हुन् । फिल्म निर्माणमा सफल मानिएकी रेखा एकमात्र यस्ती नायिका हुन जसले कुनै समय मै हुँ भन्ने नायकलाई समेत हम्मेहम्मे पारेकी थिईन् । सिनेमा क्षेत्रमा निकै बाठी नायिकाको रुपमा चिनिने रेखा अब क्रिकेट टिमको मालिक समेत बनेकीछिन् । उनी काठमाडौं सुपर च्याम्पियन्स क्रिकेट टिमको मालिक बनेकी हुन् । आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम खरिद गरेकी हुन् ।

कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ। काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्।प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउन अक्सन हुने र अक्सनको मिति चाँडै घोषणा गरिनेछ । प्रतियोगिता आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय गरिएको छ। अब फिल्म निर्माणमा पनि सफल नै रहेकी रेखाको नयाँ क्षेत्रमा पनि आगमन भएको छ । अभिनयलाई समेत निरन्तरता दिईरहेकी रेखाको पछिल्ला फिल्म रुद्रपिया र मालिका असफल भएको थियो ।

Related Posts

Leave a Comment