Home Videos ‘चौका दाउ’ को ट्रेलर (भिडियो)

‘चौका दाउ’ को ट्रेलर (भिडियो)

by Movie Club Nepal

पौष २७ गतेबाट प्रर्दशन हुने फिल्म ‘चौका दाउ’ को ट्रेलर रिलिज भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । एक युवतीप्रति चार पुरुष आकर्षित हुँदा आइपर्ने समस्यालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

पुर्नेन्दु झा निर्देशित फिल्ममा बर्षा राउत, रबिन्द्र झा, विल्सन विक्रम राई, सन्तोष पन्त र तैयव शाहको प्रमुख भूमिका रहेको छ । यसअघि उनले पोलिटिकल जनराको फिल्म ’संरक्षण’ निर्देशन गरेका थिए । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो । दिर्घ गुरुङले खिचेको फिल्ममा मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको फिल्ममा निर्मल शर्मा, अजाश्र ढुङ्गाना लगायतका कलाकारहरुको पनि अभिनय छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, मनोजराज भण्डारीको ब्याकग्राउन्ड स्कोर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले छ ।

https://www.youtube.com/watch?v=nYcMlFlLkl8

Related Posts

Leave a Comment