Home News ‘सयकडा दश’ बुटवलमा ! (तस्बिर )

‘सयकडा दश’ बुटवलमा ! (तस्बिर )

by Movie Club Nepal

नेपाली फिल्म ‘सयकडा दश’ अहिले आफ्नो इभेन्ट यात्राको मोफसल दौडमा छ । फिल्म युनिट सहित चितवन हुदै बुटवल , सुर्खेत तथा देशका प्रमुख शहरहरुमा पुग्ने सो टोलि अहिले बुटवलमा आफ्नो यात्रा सक्काएको छ । विभिन्न इभेन्टहरुमा सहभागी हुदै फिल्मले आफ्नो यात्रा अघि बढाएको नायिका करुणा श्रेष्ठले बताएकी छिन । फिल्म को प्रमोशानल टुर भने माघ १ गते देखि देशभर गर्ने निर्देशक रामशरण पाठकले बताएका छन् । भ्रस्टाचारले प्रेममा पार्ने प्रभाव र यसले समाजमा पारेको नराम्रो दृस्टीकोणलाइ फिल्मले खरो रुपमा उतारेको फिल्मका नायक अमृत ढुंगानाले बताए ।रजतपटमा चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ फुल रोमाण्टिकसंगै सबै उमेरकाले हेर्न मिल्ने फिल्म बनेको निर्देशक रामशरण पाठकले बताएका छन् । ‘दाईलाई कुरा लाइदिनी…’ बोलको पहिलो गीत सार्वजनिक भएको फिल्म अहिले गीत संगै चर्चामा छ । चर्चामा रहेको सार्बजनिक गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । सुमधुर स्वरकी धनि तृशाला गुरुङ र नया गायन स्वादका सन्देश पाठकले गायनमा सहकार्य गरेका छन् । सो गीत निर्देशक रामशरण पाठक आफैले लेखेका हुन् ।भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा बोल्ने चलचित्रका नायक अमृत ढुंगानाले बताए । फिल्म मा मनोज गजुरेल संगै राजाराम पौडेल पनि फिल्ममा मुख्य भूमिकामा अभिनयमा छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘सयकडा दश’ लाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । फिल्ममा साजन थापा सह-निर्माता हुन् । माघ १८ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउँदैछ । निर्देशक पाठकले यसअघि सफल चलचित्र ‘प्रेमगीत २’ निर्देशन गरेका थिए । फिल्मका लेखक निर्देशक स्वयम् हुन् । रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् ।

Related Posts

Leave a Comment