Home News अब रिलिजको तरखरमा ‘प्रसाद’ र ‘जाइरा’

अब रिलिजको तरखरमा ‘प्रसाद’ र ‘जाइरा’

by Movie Club Nepal

‘छड्के’, ‘ताण्डव’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘मेरो एउटा साथी छ’ लगायतका फिल्ममा अभिनय गरिसकेकी नायिका नम्रता श्रेष्ठको अब प्रदर्शनको तयारीमा ‘प्रसाद’ र ‘जाइरा’ छन् ।  यसमध्ये ‘प्रसाद’ मंसिर २१ मा रिलिज हुँदैछ भने ‘जाइरा’ को अझै टुंगो लागेको छैन । दुवै फिल्ममा उनी फरक-फरक भूमिकामा छिन् । उनी भूमिकालाई न्याय दिन आफूलाई जुनसुकै गेटअपमा रुपान्तरित गर्न पनि हिचकिचाउँदिनन् । फिल्म ‘जाइरा’ मा कपाल मुडुलो बनाएर बक्सर बनेकी छिन् । अनि, ‘प्रसाद’ मा निःसन्तान पत्नी ।

उनी हरेक पात्र गर्दा चुनौतीपूर्ण भूमिका निभाएको महशुस हुने बताउँछिन् । भन्छिन्, ‘हरेक नयाँ प्रोजेक्ट गर्दा क्यारेक्टरमा नयाँपन दिन्छु भन्ने हुन्छ र त्यो क्यारेक्टरलाई जस्टिफाई गरुँ भन्ने सोच हुन्छ । यसैले हरेक फिल्ममा निभाउने पात्रलाई म चुनौतीपूर्ण सम्झन्छु ।’ उनले ‘प्रसाद’ लाई लिएर नर्भस भएको पनि बताइन् ।
फिल्मको रिलिज नजिकिँदै गर्दा उनलाई डर र उत्साह दुवै रहेछ । ‘कस्तो हुने हो भन्ने डर एकातिर छ भने फरक भूमिका निभाएका कारण उत्साह पनि छ । डेढ वर्षपछि पर्दामा आउन लागेका कारण दर्शक भेट्न पनि आतुर छु ‘, उनी भन्छिन् । उनले आफूलाई दर्शकले लभस्टोरी फिल्ममा मात्र रुचाएको कुराको पनि खण्डन गर्न भ्याइन् ।

Related Posts

Leave a Comment