Home News प्रियंकाको ठुम्का !

प्रियंकाको ठुम्का !

by Movie Club Nepal

लिड रोल होस् वा केमियो, आइटम गीत होस् वा लोक फ्लेवरको गीत, फिल्म होस् वा म्यूजिक भिडियो अभिनेत्री प्रियंका कार्कीको डिमान्ड जताततै छ । हालै उनले अभिनेता शुशील श्रेष्ठको लिड रोल रहेको फिल्म ‘बादशाह जुट’ को एक गीतमा ठुम्का लगाएकी छिन् । यो फिल्ममा उनी गीतमा मात्र देखिनेछिन् । सोमबार लोक फ्लेवरको एक गीत खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । गीतमा प्रियंकासँग शुशील र आमिर गौतमले नृत्य गरेका छन् । उक्त फिल्मको प्रदर्शन मिति पनि निर्माण टिमले घोषणा गरेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट फिल्म रिलिज हुने निर्माता भोजराज श्रेष्ठले बताए । बैशाख १० गतेबाट छायांकन आरम्भ भएता पनि ६० दिनमात्र क्यामेरा अन भएको थियो । यो फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् । निर्माता श्रेष्ठले दुई राजाको कथामा निर्माण भएको ‘बादशाह जुट’ को छायांकनमा आफूले कुनै पनि कुराको कमी हुन नदिएको बताउँदै फिल्म राम्रो बनेको विश्वास व्यक्त गरे । फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वाँरको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=n9nPagr4ymc

Related Posts

Leave a Comment