Home News बुटवलमा ‘मेरी मामु’को कन्सर्ट!

बुटवलमा ‘मेरी मामु’को कन्सर्ट!

by Movie Club Nepal

भदौ १५ गतेबाट दर्शकमाझ रिलिज हुँदै गरेको फिल्म ‘मेरी मामु’को टोलीले पोखरा र बुटवलमा म्युजिकल कन्सर्ट सम्पन्न गरेको छ । प्रचार प्रसारका लागि नेपाल टुरको यात्रा तय गरेको टोलीले शनिबार उक्त कन्सर्टको आयोजना गरेको थियो ।मिड टाउन पोखरा सभागृह अगाडि भएको कार्यक्रममा फिल्मका मुख्य कलाकार अयुब सेन, नायक सारुक ताम्राकर, गायक रोहित जोन क्षेत्री, मोडल आरुषी मगरका साथै कलाकार शिशिर भण्डारी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई झुम्याएका थिए ।

म्युजिकल कन्सर्टको सञ्चलान सुरुवातमा पोखराका कलाकार एवम पत्रकार सन्तोष बस्यालले गरेका थिए भने त्यसपछि शिशिर भण्डारी, चिरञ्जीवी साप्कोटा र मिरा काक्षपतीले सञ्चालन गरे । पोखराको मिडटाउन प्राङगण भरिभराउ थियो । जब फिल्मका मुख्य आर्कषक बाल कलाकार आयुब सेन स्टेजमा उत्रिए तब दर्शकको हुटिङ बढ्न थाल्यो ।आमा गुमाएपछि बच्चामा पर्ने मनोवैज्ञानिक असरको भूमिकामा प्रस्तुत भएका ७ वर्षका अयुबलाई प्रत्यक्ष भेट्नेहरुको भिडको कुनै कमि थिएन । मुसुमुसु हँसिलो मुद्रामा प्रस्तुत भएका आयुबलाई चियरअप गर्नेहरुको उमेरसमूह पनि बालक देखि युवासम्मको थिए ।

सबैको आँखा एकपलका लागि रसाए । फ्युजन नृत्यसहित केही आईटम नम्बरमा प्रस्तुत भएकी आरुषीले पनि पोख्रेली दर्शकको मन जितिन् ।यस्तै, रोहित जोन क्षेत्रीले गाँउदा चियरअप नगर्ने कमै होलान् । फिल्ममा उनले गाएको गीत ‘मलाई माफ गरिदेउ’ गाँउदा दर्शक स्तब्ध भएका थिए । यसअघि फिल्म ‘प्रेम गीत २’ को शिर्ष गीत मार्फत दर्शकको मन जितेका यी गायकले ‘आमा’ गीत यस्तो फिल्ममा गाएकी साच्चैनै उनि संगीतको दुनियाँमा कही कुनै लोकमा हराईराखेका छन् । गायक बादल थापाले पनि आफ्नो प्रस्तुती राखे ।

याम थापाको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माता सन्तोष सेन हुन् । आशुसेन फिल्मस प्रोडक्सन ब्यानरमा निर्मित चलचित्र मेरी मामुमा अयुब सेन, सारुक ताम्राकार, अष्लेषा ठकुरी, कुशुम गुरुङ्ग लगायतका कलाकारको अभिनय छ ।बाल मनोवैज्ञानिक कथामा आधारित फिल्मको प्रचार प्रसारको क्रममा नेपाल टुर गरिरहेको टोलीले यस अघि काठमाडौ, ललितपुर र भक्तपुरमा कार्यक्रम गरिसकेको छ । फिल्मको ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको छ ।

Related Posts

Leave a Comment