Home News ‘गोजीमा दाम छैन’ (भिडियो)

‘गोजीमा दाम छैन’ (भिडियो)

by Movie Club Nepal

प्रियंका कार्की आयुष्मान देशराज जोशी स्टारर फिल्म फिल्म ‘चंगा चेट’ को गीत रिलिज भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राणा र सन्दिप क्षेत्री तथा सुरक्षा पन्त र रविन्द्र झा प्रस्तुत छन् । प्रविण सिंहको कोरियोग्राफी रहेको उक्त ३ जोडीको नृत्य हेर्दा मज्जा लाग्छ ।

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा हरिहर तिमल्सिनाले शब्द लेखेका छन् । स्वरमा राजनराज सँगै मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर दिएकी छन् । नवराज उप्रेतीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म लाई माधव वाग्ले र सर्मिला पाण्डेले निर्माण गरेका हुन् ।पहिलो गीत रिलिज गरेसँगै चंगा चेटको प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्म कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउने जानकारी गराइयो ।

Related Posts

Leave a Comment