Home News जय र शम्भुको कथा ‘जय शम्भु’

जय र शम्भुको कथा ‘जय शम्भु’

by Movie Club Nepal

फिल्म जय शम्भु टिम यतिबेला फिल्मको प्रचार प्रसारको लागि पोखरा हुँदै बुटवल आएको छ । फिल्मका टिमले जय शम्भुको वारेमा जानकारी दिएका छन । एक्शन लभस्टोरी भनिएको फिल्मका वारेमा जानकारी गराउन कलाकारहरु  अनुप विक्रम शाही, बर्षा शिवाकोटी लगायत उपस्थित भएका थिए । भाद्र १ गतेबाट प्रर्दशन देशभर प्रदर्शनमा आउन लागेको नयाँ नेपाली एक्सन फिल्म ‘जय शम्भु’ मा साउथ फिल्मको टेस्ट पाईने फिल्मका कलाकार अनुप विक्रम शाहीले बताएका छन।

बुटवलमा चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै चलचित्रका नायक अनुपविक्रम शाहीले चलचित्र प्रेम कथामा आधारित एक्शन फिल्म भएको बताए । यो एक एक्शन चलचित्र हो । नेपालमा पछिल्लो समय चलेको चलचित्रको ट्रेन भन्दा केहि फरक हामीले पस्कन खोजेको हौ,उनले भने । समाजमा भईरहेको साधारण घटनालाई आधार मानेर चलचित्र निर्माण गरिएको छ।, उनले बताए , यसमा कमेडीलाई पनि समेटेका छौ । हलमा २ घण्टासम्म दर्शकले मनोरञ्जन लिनेमा आफु ढुक्क रहेको उनको भनाई थियो ।

दुई पात्र जय र शम्भुको द्वन्दको कथालाई समेटिएको फिल्ममा अनुप र प्रशान्त सहित वर्षा शिवाकोटी, रोशन महरर्जन, करुणा पाण्डे लगायतको अभिनय रहेको छ ।देश व्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको नयाँ शैली अपनाएका हुन् । जय शम्भु भाद्र १ बाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

Related Posts

Leave a Comment