Home News बुटवल बाट पोखरा लाग्यो मेरी मामु टिम !

बुटवल बाट पोखरा लाग्यो मेरी मामु टिम !

by Movie Club Nepal

पोखरामा पब्लिसिटिका सबैटिम भेटहुने भन्दै बुटवलमा पत्रकार सम्मेलन सकेको मेरी मामु युनिट अहिले बुटवल बाट पोखरा लागेको छ । आफ्नो मामुमो बिषयमा २५० शब्दको मनको कुरा लेख्ने फारम स्कुल स्कुल मा बाड्दै हिडेको यो फिल्मको प्रचारमा सो निबन्धमा गोलाप्रथा द्वारा प्रथम हुने ५ जना मामु सहितको बच्चालाइ एक हप्ताको थाइल्याण्ड भ्रमण लैजाने घोषणा गरिएको छ । बुटवलमा भने फरक तरिकाले पब्लिसिटि हुँदै छ मेरी मामु को। लिटिल स्कुल स्टार प्रदेश नम्बर ५ मै फरक तरिकाले पब्लिसिटि हुने भएको छ एस पी एम क्रीयसन सग सहकार्य गरेरे फरक तरिकाले पब्लिसिटिको जिम्मा एस पी एम क्रीयसन र मुभी कल्ब नेपाल डट कम ले एक महिना सम्म स्कुल स्कुल मा गएर पब्लिसिटि गर्ने जिम्मा लिएको छ

बुटवलका बाल कलाकार क्रिजन गौतम को समेत अभिनय रहेको सो फिल्म मेरी मामुको बुटवलमा आएका टोली आजै पोखरा लाग्ने बताइएको छ । काठमान्डौ ,चितवन , देवघाट लगायत यस आसपासका क्षेत्रमा १ करोडको लगानीमा निर्माण भएको फिल्म बालमनोबैज्ञानिक तथा ट्र्याङ्गल लभस्टोरी सहित रमाइलो र मन छुने फिल्म बनेको नायिका अश्लेशा ठकुरीले बताएकी छिन ।

भदौ १५ गते बाट प्रदर्शनमा आउने फिलम ‘मेरी मामु’को रिलिज मिति नजिकिएसँगै पब्लिसिटिलाई तिब्र रुपमा अघि बढाईरहेको छ । आसुसेन फिल्मसको चौथो प्रस्तुति रहेको फिल्म ‘मेरी मामु’ टिम यतिबेला पब्लिसिटीको लागि उपत्यका बाहिर छ । आसुसेन टिम अहिले देशका विभिन्न ठाउ ठाउमा ग्रुप बनाएर स्कुल क्याम्पेनमा दौडिरहेको छ ।

त्यसो त बुटवलमा पनि ‘मेरी मामु’की अभिनेत्री अश्लेसा ठकुरी, नायक शारुक ताम्राकार, गायक बादल थापा लगाएतका टिमले फिल्मको पब्लिसिटि गर्दैछ, भने ‘मेरी मामु’को अर्को टिम पुर्वमा पब्लिसिटी गरिरहेको छ । बालमनोविज्ञानमा आधारित रहेर आमा र छोराबीचको दुरी र सामिप्यताको गहिराई केलाएर तयार पारिएको फिल्म प्रचार प्रसारको लागि मात्र नभएर आमा र छोराको राम्रो संवन्धको सन्देश दिन विद्यालयहरुमा पुगेको यो टोलीले स्कुलमा फिल्मको गीत देखाउदै आएको छ । क्याम्पेनमा उपस्थित सबैले गीत र निर्माता सन्तोष सेन का छोरा साना नायक आयुबको अभिनयको तारिफ गरिरहेका छन् । पब्लिसिटिमा रहेको मेरी मामु टिमले चौतर्फी सकारत्मक र राम्रो प्रतिकृया पाईरहेको छ।

फिल्ममा आयुव सेन, सारुक ताम्राकार, अश्लेसा ठकुरी, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी, कृजन गौतम लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्ममा समावेश गरिएको अन्जु पन्त, रोहित जोन क्षेत्री, प्रताप दास, त्रिशाला गुरुङ, बदल थापा मगरको आवाज रहेको छ । फिल्मलाई थम थापाले लेखन तथा निर्देशन गरेका हुन्, भने सन्तोष सेनले निर्माण गरेका हुन् ।

Related Posts

Leave a Comment